१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:४४ अपराह्न
खेल

आईपीएलमा बेंगलुरु र चेन्नईबीच खेल हुँदै

इण्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार रोयल च्यालेन्जर्स बेंगलुरु र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम चेपकमा नेपाली समयअनुसार राति ७ः४५ बजे सुरु हुनेछ। 

आफ्नो पहिलो खेलमा विजयी दुवै टोली जितको क्रमलाई निरन्तरता दिने योजनामा मैदान उत्रनेछन् । बेंगलुरुले कोलकाता नाइटराईडर्सलाई र चेन्नईले मुम्बई इण्डियन्सलाई हराएको थियो थियो । 

चेन्नई र बेंगलुरुबीच आईपीएलमा ३३ खेल भएका छन् । जसमध्ये २१ खेलमा चेन्नई र ११ खेलमा बेंगलुरु विजयी‌ भएको थियो । एक खेल बिना नतिजा कै सकिएको थियो ।

पहिलो संस्करण सन् २००८ मा बाहेक बेंगलरुले चेपकमा कुनै खेल जितेको छैन।

प्रकाशित: १५ चैत्र २०८१ १५:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App