१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:४१ पूर्वाह्न
खेल

एएफसी छनोट चरणमा नेपाल समूह 'एफ'मा

एएफसी महिला एसियन कप २०२६ को छनोट चरणमा नेपाल समूह 'एफ'मा परेको छ ।

मलेसियामा बिहीबार भएको ड्रमा नेपाल, आयोजक उज्वेकिस्तानसँगै समूह 'एफ'मा परेको हो । उक्त समूहमा लाओस र श्रीलंका पनि छन् । ३४ टोलीलाई ८ समूहमा विभाजन गरिएको हो ।

आगामी जुनमा हुने समूह एफको छनोट खेल उज्वेकिस्तानमा हुनेछ । नेपालले हालसम्म उज्वेकिस्तानविरुद्ध खेलेको सबै ३ खेल हारेको छ । लाओसविरुद्ध हालसम्म नखेलेको नेपालले श्रीलंकामाथि भने सबै ८ खेलमा जितको नतिजा निकालेको छ ।

एसियन कप सन् २०२६ मार्चमा अष्ट्रेलियामा हुँदैछ । हरेक समूहको विजेताले एसियन कप खेल्नेछन् । प्रतियोगितामा १२ टोली सहभागी हुनेछन् । आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान भने यसअघि नै छनोट भइसकेका छन् । 

प्रकाशित: १४ चैत्र २०८१ १५:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App