१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:० पूर्वाह्न
खेल

आईपीएल : डी ककको सानदार ब्याटिङले कोलकाता नाइट राइडर्स विजयी

क्विन्टन डी ककको ६१ बलमा ९७ रनको मद्दतले कोलकाता नाइट राइडर्सले आईपीएल-२०२५ मा आफ्नो पहिलो खेल जितेको छ। बुधबार भएको खेलमा टोलीले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको हो। केकेआरका मोइन अली र वरुण चक्रवर्तीले धेरै किफायती बलिङ गरे, दुवैले २-२ विकेट लिए।

केकेआरले गुवाहाटीको बरसापारा क्रिकेट रंगशालामा बलिङ गर्ने निर्णय गर्‍यो। राजस्थानले ९ विकेट गुमाएर १५१ रन बनायो। टोलीका लागि ध्रुव जुरेलले ३३ र कप्तान रायन परागले २५ रन बनाए। कोलकाताले १७.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

१५२ रनको लक्ष्य पछ्याउँदै केकेआरका क्विन्टन डी ककले तीव्र ब्याटिङ गरे। मोइन अलीलाई उनी विरुद्ध खेल्न धेरै समस्या भइरहेको थियो, तर डी ककले आफ्ना साथी ब्याट्सम्यानहरूमाथि दबाब बढ्न दिएनन्। ब्याटिङको लागि कठिन र ढिलो पिचमा उनले ८ चौका र ६ छक्का प्रहार गरे। डे ककले केवल ६१ बलमा ९७ रन बनाए र १५ बल बाँकी रहँदा आफ्नो टोलीलाई जित दिलाए।

राजस्थानले पहिलो खेलमा सनराइजर्स हैदरावादसँग ४४ रनको हार बेहोरेको थियो। राजस्थान १० टोली सहभागी प्रतियोगिताको अंक तालिकाको पुछारमा छ। दुई अंक जोडेको कोलकाता भने राजस्थानभन्दा चार स्थान माथि छ। 

प्रकाशित: १४ चैत्र २०८१ ०७:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App