ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा आइतबार उसले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्यो।
२८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २४२ रनमात्र बनाउन सक्यो। उसका लागि ध्रुव जुरेलले मात्र ३५ बलमा ७० रनको विष्फोटक पारी खेले।
सन्जु सामसन ६६ रनमा आउट हुँदा शुभम दुबेले नटआउ६ ३४ र सिमरन हेट्मेयरले ४२ रन बनाए। छैठौं विकेटका लागि उनीहरुले मात्र ३३ बलमा ८० रनको साझेदारी गरेपनि जित भने दिलाउन सकेनन्।
यसअघि पहिला ब्याटिङ गरेको हैदरावाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल योगफल तयार पारेको थियो। हैदरावादका लागि इशान किशनले ४७ बलमा नटआउट १०६ रन बनाए। ट्रेभिस हेडले ६७ रन जोडे।
तुशार देशपाण्डेले ३ र महीश थिक्सानाले २ विकेट लिएपनि हैदरावादको विष्फोटक इनिङ्स रोक्न सकेनन्।
प्रकाशित: १० चैत्र २०८१ १९:४४ आइतबार