१३ चैत्र २०८१ बुधबार
image/svg+xml ३:५८ पूर्वाह्न
खेल

विश्व कप छनाेट: स्टार खेलाडीबिनै अर्जेन्टिनालाई सफलता

<br>

स्टार खेलाडी लियोनल मेसी, लाउटारो मार्टिनेज र अन्य महत्त्वपूर्ण खेलाडीको कमी महसुस नगरी अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा उरुग्वेमाथि जित निकालेको छ।

थियागो अल्मडाको सशक्त कर्ली सट गोलमा परिणत हुँदा अर्जेन्टिनाले घरेलु टोली उरुग्वेलाई १–० ले हराउँदै विश्वकप छनोटमा महत्त्वपूर्ण जित निकालेको हो। यो जितले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अर्को वर्ष हुने विश्वकपमा सीधै स्थान बनाउन एक अंक मात्र टाढा छ।

 राउन्ड रोबिनका आधारमा भएको छनोटमा अर्जेन्टिना १३ खेलबाट २८ अंकसहित शीर्षमा छ। मंगलबार ब्राजिलसँग घरेलु मैदानमा हुने खेलमा बराबरीको अंकले पनि अर्जेन्टिना विश्वकपमा स्थान बनाउन सफल हुनेछ। लियोनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिना सातौं स्थानको बोलिभियाभन्दा १५ अंकले अगाडि छ।

यस क्षेत्रबाट १० टोलीमध्ये शीर्ष ६ राष्ट्रले सीधै विश्वकपमा स्थान बनाउनेछन्। अब पाँचौं चरणका खेल बाँकी छन्। गत संस्करणमा दक्षिण अमेरिकी क्षेत्रका पावर हाउस ब्राजिल र अर्जेन्टिना एकअर्काविरुद्ध रियो दी जेनेरियोमा प्रतिस्पर्धा गरेका थिए। माराकाना स्टेडियममा भएको त्यो खेलको नतिजा अर्जेन्टिनाको पक्षमा १–० ले रह्यो। त्यसैले मंगलबार हुने खेलमा पनि अर्जेन्टिनालाई बलियो दाबेदारका रूपमा हेरिएको छ।

शुक्रबार नै भएका अन्य खेलमा इक्वेडरले भेनेजुएलालाई २–० ले हराउँदै छनोटको अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यसैले इक्वेडरलाई पनि यसपल्ट पनि विश्वकपनजिक पुगेको बुझिन्छ। जितले इक्वेडर ब्राजिलभन्दा २१ अंकसहित तेस्रो स्थानमा झरेको छ।

ब्राजिल इक्वेडरको जितले केही दबाबमा देखिन्छ। उरुग्वे र पाराग्वेभन्दा एक अंकले मात्र ब्राजिल अगाडि छ। कोलम्बिया भने १९ अंकसहित छैटौं स्थानमा छन्। शीर्ष ६ राष्ट्रले सीधै अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपमा स्थानमा बनाउनेछन्। सातौं स्थानमा रहने टोलीले भने इन्टरनेसनल प्लेअफमार्पmत विश्वकपमा स्थान बनाउने अवसर पाउँछ।

दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटमा शीर्ष स्थानमा रहेको अर्जेन्टिनासँग मेसी, लाउटारो लिसान्ड्रो मार्टिनेज र रोड्रिगो डे पाउलजस्ता खेलाडी मोन्टेभिडियोमा थिएनन्। त्यसैले प्रशिक्षक स्कालोनीले गिउलियानो सिमोइन, युलियन अल्भारेज र थियागो अल्मडालाई अग्रपंक्तिको जिम्मेवारी दिएका थिए।

सेन्टेनारियो स्टेडियममा उरुग्वेले आफ्नो कट्टर प्रतिद्वन्द्वी अर्जेन्टिनाविरुद्ध पहिलो हाफमा केही राम्रा अवसर पनि बनाएको थियो। तर, अर्जेन्टिनाले ती अवसरलाई असफल बनायो र दोस्रो हाफमा तुलनात्मक रूपमा धेरै अवसर सिर्जना ग¥यो। ६८औं मिनेटमा अल्मडाले गोल गर्दै मार्सेलो बिइल्साको टोली उरुग्वेमाथि दबाब बनाए। तर, त्यसपछि उरुग्वेले गोल फर्काउन सकेन र अर्जेन्टिनालाई नतिजा सुम्पिन बाध्य भयो। यो खेलमा निको गोन्जालेजले रातो कार्ड सामना गरेकाले ब्राजिलविरुद्ध खेल गुमाउनेछन्।  

प्रकाशित: १० चैत्र २०८१ ०९:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App