१२ चैत्र २०८१ मंगलबार
image/svg+xml १२:० अपराह्न
खेल

आईपीएलको उद्‍घाटन खेलमा आरसीबीको शानदार जित, आज दुई खेल

रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को उद्घाटन खेलमा शानदार जित हासिल गरेको छ। शनिबार भएको खेलमा टोलीले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) लाई ७ विकेटले पराजित गरेको हो। 

इडेन गार्डन्स स्टेडियम, कोलकातामा भएको खेलमा आरसीबी ले १७५ रनको लक्ष्य १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो। विराट कोहली ५९ रन बनाएर अविजित रहे। कप्तान रजत पाटीदारले १६ बलमा ३४ रन र फिल साल्टले ३१ बलमा ५६ रन बनाए। केकेआर का लागि वरुण चक्रवर्ती, वैभव अरोरा र सुनील नारायणले एक–एक विकेट लिए। तर, उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन।

टस हारेपछि पहिले ब्याटिङ गरेको केकेआर ले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनायो। कप्तान अजिंक्य रहाणेले ३१ बलमा ५६ रन बनाए। सुनील नारायणले २६ बलमा ४४ रन जोडे। आरसीबी का क्रुणाल पाण्ड्याले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। जोश हेजलवुडले २ विकेट हात पारे। यश दयाल, रसिक सलाम र सुयश शर्माले एक–एक विकेट लिए। 

आईपीएल-२०२५ मा आज (आइतबार) दुई खेल हुँदैछन्। पहिलो खेल दिउँसो ३:४५ बजे सनराइजर्स हैदराबाद (एसआरएच) र राजस्थान रोयल्स (आरआर) बीच हैदराबादमा हुनेछ। दोस्रो खेल साँझ ७:४५ बजे चेन्नई सुपर किंग्स (सीएसके) र मुम्बई इन्डियन्स (एमआई) बीच चेन्नईको एमए चिदम्बरम स्टेडियममा हुनेछ।

प्रकाशित: १० चैत्र २०८१ ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App