त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैठौं जित निकालेको छ ।
यसअघिको खेलमा मधेश प्रदेशसँग ३ विकेटले पराजित भएको आर्मीले शुक्रबार गण्डकी प्रदेशलाई ६ विकेटले हरायो ।
गण्डकी भने यसअघि नै प्रतियोगिताबाट बाहिरिइसकेको छ। पुछारको गण्डकीको सात खेलबाट दुई अंक छ।
गण्डकीले दिएको ११७ रनको मध्यम लक्ष्य आर्मीले २६।५ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । आर्मीका लागि ओपनर त्रितराज दासले सर्वाधिक ३७ रन बनाए। बसिर अहमद ३२ र सोमपाल कामी १० रनमा नटआउट रहे ।
गण्डकीका चन्द्र पौडेल, विपिन खत्री, सुवास भण्डारी र सुदीप अर्यालले समान एक विकेट लिए।
यसअघि दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको गण्डकीले ३०.३ ओभरमा ११६ रनमा अलआउट भएको थियो ।
गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ३३ रन बनाए। शाहब आलमले सर्वाधिक पाँच विकेट लिए। कुशल मल्ल र नरेन साउदको नाममा समान दुई विकेट रह्यो।
जितसँगै आर्मीले सात खेलबाट १२ अंक जोडेको छ । प्रतियोगिताबाट बाहिरिसकेको गण्डकी २ अंकसहित पुछारमा छ । जारी प्रतियोगिताको एकमात्र अपराजित टोली नेपाल पुलिस क्लबसँग १४ अंकमा शीर्ष स्थानमा छ।
प्रकाशित: ८ चैत्र २०८१ १४:२९ शुक्रबार