११ चैत्र २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको तेस्रो हार, नामिबियासँग २३ रनले पराजित

युगाण्डामा जारी वुमन्स डे ट्वान्टी-२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले तेस्रो हार बेहोरेको छ। बुधबार एन्टेब्बे क्रिकेट ओभलमा नेपाल नामिबियासँग २३ रनले पराजित भयो।

नामिबियाले दिएको १२६ रनको लक्क्ष पछ्याउने क्रममा नेपालले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै मात्र १०२ रन बनाउन सक्यो।

यो हारसँगै नेपालको फाइनल सम्भावना कमजोर बनेको छ।

नेपाली टोलीका लागि सना प्रवीनले सर्वाधिक ३१ रन बनाइन्। उनले ३७ बलको सामना गरिन्। त्यस्तै, कविता जोशीले १९ बलमा १७, पूजा महतोले १४ बलमा १५ तथा कप्तान इन्दु बर्माले १५ बलमा १५ रनको योगदान दिइन्।

बलिङतर्फ नामिबियाका इभलिन केजरुकुवाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारिन्। विल्का माटी, साइमा तुहादेलेनी र मेकेलाए माटिलेले समान १-१ विकेट लिए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले २० ओभरमा ८ विकेट गुमाएर १२५ रनको योगफल खडा गरेको थियो। यो प्रतियोगितामा बनेको हालसम्मकै उच्च स्कोर हो।

नामिबियाका लागि यास्मीन खानले सर्वाधिक ४५ रन बनाइन् भने विल्का माटीले २० तथा अरास्ता डिगार्टले अविजित १६ रनको योगदान दिइन्।

नेपालका बलरमध्ये ईश्वरी विष्टले ४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिइन्। रचनाकुमारी चौधरीले ४ ओभरमा मात्र ९ रन दिएर २ विकेट हात पारिन्। रिया शर्मा र कप्तान इन्दु बर्माले १-१ विकेट लिए।

यसअघि, नेपालले आफ्नो पहिलो खेलमा नामिबियासँग पराजय ब्यहोरेको थियो। दोस्रो खेलमा युगाण्डालाई हराएको नेपाल तेस्रो खेलमा हङकङसँग पराजित भएको थियो।

नेपालले लीग चरणमा अब २ खेल खेल्न बाँकी छ।

प्रकाशित: २८ फाल्गुन २०८१ १५:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App