२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १८:४२ अपराह्न
खेल

साफ यु–१९ च्याम्पियनसिप: नेपाल र भारत एउटै समूहमा

नेपाल साफ यु–१९ च्याम्पियनसिप २०२४ मा आयोजक भारत रहेको समूह ‘बी’ मा परेको छ।

भारतको अरुणाञ्चल प्रदेशमा आगामी मे ९ देखि १८ सम्म हुने तेस्रो संस्करणको साफ यु–१९ च्याम्पियनसिपका लागि मंगलबार काठमाडौंमा भएको ड्रअनुसार नेपाल आयोजक भारतसहित समूह ‘बी’ मा परेको हो।

यस प्रतियोगितामा भारत, नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंका गरी ६ टोली सहभागी छन्। नेपाल रहेको समूह ‘बी’ मा भारत र श्रीलंका छन् भने समूह ‘ए’ मा बंगलादेश, भुटान र माल्दिभ्स रहेका छन्।

प्रतियोगितामा समूह चरणको शीर्ष दुई टोली सेमिफाइनल मा प्रवेश गर्नेछन्। कुल ९ खेल हुने यस च्याम्पियनसिपका खेलहरू अरुणाञ्चल प्रदेशको युपियास्थित गोल्डन जुब्ली स्टेडियममा आयोजना गरिनेछन्।

नेपालमा सन् २०२३ मा सम्पन्न भएको साफ यु–१९ च्याम्पियनसिपमा भारतले पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।

सन् २०२४ मा भने साफ यु–२० च्याम्पियनसिप आयोजना गरिएको थियो।

प्रकाशित: २७ फाल्गुन २०८१ १८:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App