इलामको ठुलो टुँडिखेलमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उपाधिका लागि त्रिभुवन आर्मी र एपिएफ क्लब भिड्ने भएका छन्।
ठुलो धनराशि पुरस्कारको उपाधिका लागि दुई विभागीय टिम आमने–सामने हुने भएका हुन्। आर्मी पहिलो सेमिफाइनल र एपिएफ दोस्रोबाट विजयी भइ फाइलनमा भेट हुने पक्का भएको हो। सेमिमा आर्मीले आयोजक ओएसिस क्लब २–० गोलान्तरले पराजित गरेको थियो। एपिएफले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलले हराएको थियो।
१७ गते सुरु प्रतियोगिताको फाइनल फागुन १४ मा हुने छ। विजेताले नगद चार लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पाउने छन्।
प्रतियोगितामा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, डिफेन्डिङ च्याम्पियन भारतीय पाहुना टोली मानेभञ्ज्याङ, भारत उत्तर प्रदेशको मदर टेरेसा क्लब, ओखलढुंगाको पद्मा स्पोर्टिङ, बाग्मती युथ क्लब र आयोजक सहभागी थिए।
प्रकाशित: २३ फाल्गुन २०८१ ०९:१५ शुक्रबार



-600x400.jpg)

