१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

केपी ओलीको पोस्टमा मच्छिन्द्रको ४ गोल

मच्छिन्द्र फुटबल क्लब केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

शनिबार दशरथ रंगशालामा आयोजित दोस्रो सेमिफाइनलमा मच्छिन्द्रले आयोजक केपी ओली एफसीलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो।

यस जितसँगै मच्छिन्द्रले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनलमा आर्मीले सङ्कटा फुटबल क्लबलाई २–१ को झिनो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

मच्छिन्द्रका लागि स्टेफाने जलीले दुई गोल गरे, भने मनिष डाँगी र रोशन रानाले समान एक–एक गोल थपे।

खेलको ३९औं मिनेटमा मनिष डाँगीले गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए। दोस्रो हाफको ५०औं मिनेटमा रोशन रानाले गोल थप्दै अग्रता दोब्बर बनाए। अन्तिम समयतिर जलीले ८५औं र ९०औं मिनेटमा गोल गर्दै मच्छिन्द्रको सहज जित पक्का गरे।

अब उपाधि भिडन्तमा मच्छिन्द्रले विभागीय टोली त्रिभुवन आर्मीको चुनौती सामना गर्नेछ।

प्रकाशित: १७ फाल्गुन २०८१ १९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App