५ चैत्र २०८१ मंगलबार
image/svg+xml
खेल

नखिपोटको विजयी सुरुवात

आयोजक नखिपोट युवा क्लबले खुला बास्केटबल प्रतियोगिताको पहिलो दिन बुधबार पुरुषमा विजयी सुरुवात गरेको छ।

क्लबसंगै नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरको संयुक्त आयोजनामा भएको नखिपोटमा भइरहेको प्रतियोगितामा नखिपोटले आईएसए नेपाललाई ७६–७१ ले पराजित गर्‍यो। विजयी टिमका लागि सुविन श्रेष्ठले २१ अङ्क जोडे।

पुरुषकै अर्को खेलमा टाइम्सले बौद्धलाई ८६–६४ ले हरायो। टाइम्सका लागि श्रेयसबहादुर सानले २९ अङ्क जोडे। महिलामा कीर्तिपुरले आईएस नेपाललाई ५२–४९ ले पाखा लगायो। आईएसएकी झर्ना बज्राचार्यले १९ स्कोर गरिन्।

प्रतियोगिताको राष्ट्रिय सभाका सदस्य जितजंग बस्नेतले एक कार्यक्रमबिच उद्घाटन गरे। पुरुषतर्फ १५ र महिलामा ३ टिम सहभागी छन्।

पुरुषको खेल नकआउट आधारमा हुनेछ। महिलामा सहभागी टिमबिच पहिले राउन्ड रोविन लिग र त्यसपछि शीर्ष २ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक विनोद श्रेष्ठले जनाएका छन्।

पुरुषमा पहिलो हुनेले १ लाख र दोस्रोले ५० हजार नगद पुरस्कार पाउने आयोजक संघका अध्यक्ष एवं क्लबका महासचिव पुनित गुरुङले बताए।

महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ। फाइनल आइतबार हुनेछ।

प्रकाशित: ७ फाल्गुन २०८१ २३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App