२६ पुस २०८२ शनिबार
image/svg+xml
खेल

च्याम्पियन्स ट्रफीको विजेताले २२ लाख ४० हजार डलर पाउने

च्याम्पियन्स ट्रफी क्रिकेटको विजेताले २२ लाख ४० हजार डलर पाउने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिसद् (आईसीसी) ले आफ्नो वेबसाइटमार्फत् पुरस्कार राशीबारे जानकारी दिएको हो।  च्याम्पियन्स ट्रफी बुधबार पाकिस्तानमा सुरु हुँदैछ।  

आईसीसीका अनुसार, उपविजेताले ११ लाख २० हजार डलर, सेमिफाइनल पुग्ने दुई टोलीले ५ लाख ६० हजार रुपैयाँ पाउनेछन्।  समूह चरणका खेलमा जित हात पर्ने टोलीले ३४ हजार डलर पाउने आईसीसीले जनाएको छ।  यो संस्करणको च्याम्पियन्स ट्रफीमा ८ टोली सहभागी छन्।  भारतले पाकिस्तानमा खेल्न नमानेपछि उसका सम्पूर्ण खेलहरू यूएईमा हुनेछन्।  

भारत समूह चरणबाटै बाहिरिए सेमिफाइनल र फाइनलका सम्पूर्ण खेलहरू पाकिस्तान मै हुनेछन्।  भारत फाइनलमा पुगे यूएई मै फाइनल खेल हुनेछ। 

प्रकाशित: २ फाल्गुन २०८१ १४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App