२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
खेल

एनएसलको तेस्रो संस्करणमा सात टोली

नेपाल सुपर लिग (एनएसल) को तेस्रो संस्करणमा सात टोलीले मात्रै खेल्ने भएका छन्।

आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले बिहीबार अक्सनमा सहभागी हुने टोलीको सूची सार्वजनिक गरेको हो। उक्त सूचीमा दोस्रो संस्करण खेलेका दुई टोली वीरगन्ज युनाइटेड एफसी र स्पोर्टि्ङ इलाम डे मेची एफसी भने छैनन्।

चैतमा हुने एनएसएलका लागि अक्सन अगामी १० गते शनिबार हुनेछ। पहिलो संस्करणमा सात टोलीले सहभागिता जनाएका थिए। तर, दोस्रो संस्करणमा भने विराटनगर सिटी एफसीले आफ्नो नाम फिर्ता लिएको थियो। यद्यपि, एनएसइएमले इलाम, वीरगन्ज र झापा एफसीलाई थप्दै नौ टोली पु¥याएको थियो।

आफ्नो पहिलो संस्करणमा यी तीन टोली प्लेअफ पुग्न असफल रहे। यसपल्ट साबिक विजेता ललितपुर सिटी एफसीसँगै धनगढी एफसी, पोखरा थन्डर्स एफसी, काठमाडौं रेजर्स एफसी, झापा एफसी, एफसी चितवन र बुटवल लुम्बिनी एफसीले सहभागिता जनाउने आयोजकले जनाएको छ। गत सिजन धनगढीलाई ३–२ ले पराजित गर्दै ललितपुरले पहिलोपल्ट उपाधि जितेको थियो।

प्रकाशित: २ फाल्गुन २०८१ ०८:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App