३ माघ २०८२ शनिबार
image/svg+xml
खेल

टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबले जित्यो, फाइनलमा गण्डकी पराजित

पाँचौं सस्करणको एनसेल टाइगर कप भलिबल प्रतियोगितामा पुरुषतर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा गण्डकी प्रदेशलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पहिलो पटक उपाधि जितेको हो ।

पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले जितेको पुलिसले तेस्रो सेट भने २०–२५ ले गण्डकीलाई सुम्पिएको थियो । तर चौथो सेटमा २५–२२ को जित निकाल्दै पुलिसले उपाधि उचाल्यो ।

उपाधिसँगै पुलिसले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ तथा दोस्रो हुने गण्डकीले २ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।

आइतबार नै भएको महिलातर्फको उपाधि भने आयोजक टाइगर ग्रुपले जितेको छ । उसले फाइनलमा विभागीय टोली एपीएफलाई पराजित गरेको थियो । 

यो पनि पढ्नुहोस्

टाइगर कप भलिबल : महिलातर्फको उपाधि आयोजक टिमलाई

प्रकाशित: २० माघ २०८१ १८:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App