२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २१:४५ अपराह्न
खेल

अस्ट्रेलियन ओपन: शीर्ष वरीयाताका सिनरलाई उपाधि, भेरेभ फाइनलमा पराजित

वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रलियन ओपनमा पुरुष एकलतर्फको उपाधि इटलीका जानिक सिनरले जितेका छन् ।  

आइतबार भएको फाइनमा जर्मनीका अलेक्जेन्डर भेरेभलाई सोझो सेटमा पराजित गर्दै सिनरले लगातार दोस्रो पटक अस्ट्रेलियन ओपनको उपाधि उचालेका हुन् । यो उनको तेस्रो ग्रान्डस्लाम उपाधि हो । अघिल्लो वर्ष उनले अस्ट्रेलियन ओपन र यूएस ओपनको उपाधि जितेका थिए ।

भेरेभको भने यो फाइनलमा तेस्रो हार हो । सन् २०२४ मा फ्रेन्च ओपनको फाइनलमा पराजित भेरेभले सन् २०२० मा यूएस ओपनको उपाधि गुमाएका थिए ।

दोस्रो वरीयाताका भेरेभलाई पराजित गर्न २३ वर्षे सिनरले मात्र २ घण्टा ४२ मिनेट खर्चेका थिए । पहिलो सेट ६-३ ले जितेका उनले टाइ भएको दोस्रो सेट भने ७-६ (७-४) ले आफ्नो पक्षमा पारे । तेस्रो सेटमा ६-३ को सहज जित निकाल्दै इटलीका सिनरले उपाधिमाथि कब्जा गरे ।

महिला एकलतर्फको उपाधि भने अमेरिकाकी  मेडिसन किजले जितिन् । १९औं वरीयाताकी उनले फाइनलमा शीर्ष वरीयाताकी एरिना सबलेन्कालाई २(१ को सेटमा पराजित गर्दै उपाधि उचालेकी हुन् ।

प्रकाशित: १३ माघ २०८१ १७:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App