१२ माघ २०८१ शनिबार
image/svg+xml
खेल

आजदेखि सूर्य नेपाल वेस्टर्न ओपन सुरु

सूर्य नेपाल गल्फ टुर २०२४–२५ को चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपन आज (बुधबार) देखि पोखरामा सुरु हुँदै छ।
नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसनको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा सूर्य नेपाल गल्फ टुर हुँदै आएको छ। यस सिजनको चौथो प्रतियोगिता पोखराको हिमालयन गल्फ कोर्समा बुधबारदेखि हुन लागेको हो। तीन दिने प्रतियोगितामा कुल ५४ होलमा हुनेछ। 
३६ होलको समाप्तिमा कट लागू हुनेछ। शनिबार प्रो–एम प्रतियोगिता हुने तय गरिएको छ। यस प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फले दाबेदारी प्रस्तुत गर्नेछन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य र सूर्य नेपाल सेन्ट्रल ओपनका विजेता राहुल विकेले यस प्रतियोगितामा प्रतिस्पर्धा नगर्ने भएका छन्।
प्रतियोगिताका विजेताले एक लाख ५० हजार, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख र ७२ हजार प्राप्त गर्नेछन्। शीर्ष २१ भित्र रहने गल्फरले पनि नगद हात पाउनेछन्। डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीसँगै, नीरज तामाङ, धन थापा, सञ्जय लामा र जयराम श्रेष्ठलाई दाबेदारका रूपमा हेरिएको छ। 

प्रकाशित: ९ माघ २०८१ ०९:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App