६ माघ २०८१ आइतबार
image/svg+xml
खेल

तीन टोलीलाई केएमसी बास्केटबल उपाधि

सन एकेडेमी, कश्यप र रिब्सले चौथो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन्।

विल्सन सिनियर बोइजमा, कश्यप जुनियर बोइजमा र रिब्स सिनियर गल्र्स च्याम्पियन भएका हुन्। तीनै टोली यस प्रतियोगितामा पहिलोपल्ट च्याम्पियन बन्न सफल रहे। बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा भएको सिनियर बोइज फाइनलमा विल्सनले हेम्सलाई ४५–४१ को साँघुरो अन्तरले हराउँदा रेहान डंगोलले १९ अंक योगदान दिए। जुनियर बोइज फाइनलमा कश्यपले नेरिक एकेडेमीलाई ३२–२९ झीनो अन्तरले हरायो। कश्यपका एलेन लामाको १३ अंकको योगदान दिए।

सिनियर गल्र्सको उपाधि भिडन्तमा रिब्सले डिफेन्डिङ च्याम्पियन एनसिसिएसलाई ३५–२६ ले हरायो। खेल दुईपटक अत्तिरिक्त समयमा गएको थियो। रिब्सकी सुप्रिया मल्लले १५ स्कोर गरिन्। फाइनलका सर्वाधिक स्कोरकर्तात्रय रेहान, एलेन र सुप्रिया आआफ्नो विधामा मोस्ट भेलुएबल प्लेयर घोषित भए। सिनियर बोइजमा गोदावरी रेसिडेन्सियल स्कुल, जुनियर ब्वाइजमा काठमाडौं शिक्षालय र सिनियर गल्र्समा क्यान्भासले अनुशासित टिमको ट्रफी हात पारे।

विजेतालाई बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, केएमसीका कार्यकारी निर्देशक ध्रुव भट्टराई र प्रिन्सिपल द्वारिकानाथ अम्गाईंलगायतले पुरस्कृत गरे। पुस २७ गतेदेखि सुरु प्रतियोगिताको सिनियर बोइजमा १६, जुनियर बोइजमा १२ र सिनियर गल्र्समा ८ टोलीले प्रतिस्पर्धा गरेका थिए। 

प्रकाशित: ६ माघ २०८१ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App