२५ पुस २०८२ शुक्रबार
image/svg+xml
खेल

नेपाली पुरुष टिम पनि खो खो विश्वकपको फाइनलमा

नेपाली पुरुष टोली पनि खो खो विश्वकपको फाइनलमा पुगेको छ ।भारतमा चलिरहेको विश्वकप अन्तर्गत शनिबार साँझ सम्पन्न सेमिफाइनल खेलमा इरानलाई ७२–२० ले हराउँदै नेपाली पुरुष टोलीले फाइनल यात्रा सुनिश्चित गरेको हो ।    

नेपाली खो खो इतिहासमा यो एक ऐतिहासिक क्षण बनेको छ। शनिबार दिउँसो नै सम्पन्न महिलातर्फको सेमिफाइनल खेलमा नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।  

अब दुबै टोलीले आइतबार उपाधिका लागि फाइनल खेल्नेछन् । दुबै टोलीका लागि प्रतिस्पर्धी फाइनलिस्ट भने अझैँ तय भइसकेका छैनन् ।  

प्रकाशित: ५ माघ २०८१ १९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App