२८ माघ २०८२ बुधबार
image/svg+xml
खेल

नेपाल महिला टोली खो खो विश्वकपको फाइनलमा

नेपाल खो खो महिला विश्वकपको फाइनलमा पुगेको छ। भारतमा जारी विश्वकपमा शनिवार युगान्डालाई पराजित गर्दै नेपाली टोली पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । 

नयाँ दिल्लीमा रहेको इन्दिरा गान्धी हलमा भएको खेलमा नेपालले सेमिफाइनल खेलमा युगान्डालाई ८९–१८ को फराकिलो अन्तरले पराजित गरेको हो । 

अब नेपालले फाइनलमा अर्को सेमी फाइनलका प्रतिस्पर्धी दक्षिण अफ्रिका र भारतबिचको विजेता टोलीसँग सामना गर्ने छ। 

नेपालले ऐतिहासिक फाइनलमा पुग्दासम्म अपराजित रह्यो। जसमा हालसम्म भएका सबै ६ खेलमा जित निकालेको हो । यसअघि समूह चरणमा भुटान, जर्मनी, श्रीलङ्का, बाङ्लादेशलाई नेपालले पराजित गरेको थियो । 

क्वार्टर फाइनलमा इरानलाई १०३–८ अङ्कको अन्तरले हराएर सेमिफाइनलको यात्रा तय गरेको थियो ।  

यस्तै नेपालको पुरुष टोली पनि सेमिफाइनलमा पुगेको छ । जहाँ शनिवारै इरानसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रकाशित: ५ माघ २०८१ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App