५ माघ २०८१ शनिबार
image/svg+xml
खेल

नेपालको खराब सुरुवात, बंगलादेशसँग पराजित

मलेसियामा जारी आइसिसी यु–१९ महिला विश्वकपको आफ्नो पहिलो खेलमा नेपाल कमजोर ब्याटिङ प्रदर्शनका कारण बंगलादेशसँग ५ विकेटले पराजित भएको छ।

शनिबार मलेसियास्थित युकेएम ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १८.२ ओभरमै अलआउट हुँदै मात्र ५२ रनको झिनो योगफल बनाएको थियो।

नेपाली टोलीका ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् भने सिमाना केसीले १० रनको योगदान गरिन्। बाँकी कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बंगलादेशका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई दबाबमा राखे। जनाथन माओलाले २ विकेट लिँदा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिए। नेपालका ५ खेलाडी रन आउट हुन पुगे।

५३ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको बंगलादेशले १३.२ ओभरमै ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। बंगलादेशका सदिया स्लामले सर्वाधिक १६ रन जोडिन् भने सुमैया अख्तरले १२ रनको योगदान गरिन्। नेपालका बलरहरू पुजा महतो, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिए।

योसँगै बंगलादेश समूह ‘डी’ को दोस्रो स्थानमा रहेको छ भने नेपाल तेस्रो स्थानमा छ।

प्रकाशित: ५ माघ २०८१ १५:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App