नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरेको छ। सचिव महेश बस्नेतका अनुसार शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि केही क्षेत्रबाहेक उम्मेदवारको नाम टुंगो लगाउँदै उनले भनेका छन्, ‘आज(शनिबार)को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ। नेकपा एमालेले पूर्ण बहुमत ल्याउने अवस्था कायम रहेकाले त्यसलाई जोगाउन पार्टी दृढतापूर्वक लाग्ने निर्णय गरियो।’
जारी सूची अनुसार अध्यक्ष ओली झापा-५ बाट चुनाव लड्नेछन्।
यो पनि पढ्नुहोस्
एमालेले टुंग्यायो उम्मेदवार : अध्यक्ष ओली झापा-५, अन्य को कहाँबाट? (नामसहित)प्रकाशित: ४ माघ २०८२ ०७:०२ आइतबार





