२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

जय ट्रफी फाइनलः आर्मी १७० रनमा अलआउट, ३७ रनको अग्रता

वीरगन्जमा जारी जय ट्रफी मेन्स एलाइट कपको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबको पहिलो पारी १७० रनमा समेटिएको छ। बुधवार दोस्रो दिनको दोस्रो सत्रको खेल चलिरहँदा १७० रनमा समेटिए पनि पहिलो इनिङमा आर्मीलाई ३७ रनको अग्रता मिलेको छ । 

आर्मीका तर्फबाट ब्याटिङमा भीम सार्कीले ५८, बासिर अहमदले ४०, सोमपाल कामीले ३२, विनोद भण्डारीले १४ र इमरान शेखले १० रनको योगदान दिए । 

बलिङमा नेपाल पुलिस क्लबका सागर ढकालले ५ विकेट लिँदा कुशल भुर्तेलले तीन विकेट लिए । ललित राजवंशी र गुल्सन झाले एक एक विकेट पाए । 

यसअघि मंगलबार सुरु भएको खेलको आफ्नो पहिलो इनिङमा पुलिस क्लब १३३ रनमा ९ विकेट गुमाएको थियो । बुधवार बिहान १३३ रनमै ९ विकेट गुमेपछि प्रहरीले एक विकेट बाँकी छँदै इनिङको घोषणा गरेको थियो । 

प्रहरीलाई सस्तो स्कोरमा रोक्न आर्मीका तर्फबाट साहब आलमले एक्लै ७ विकेट लिएका थिए । यस्तै बासिर अहमद र सोमपाल कामीले एक एक विकेट लिएका थिए । 

पुलिसलाई कुशल भुर्तेलले ५१, अर्जुन साउँदले २८, अमित श्रेष्ठले २० रनको योगदान दिएका थिए । 

तीन दिवसीय फरम्याटमा भइरहेको फाइनल खेलमा बिहीबारसम्म चल्ने छ । अब पुलिस क्लबका ब्याटर दोस्रो इनिङका लागि ब्याटिङमा उत्रदैछन् । 

प्रकाशित: २ माघ २०८१ १३:५४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App