२० पुस २०८१ शनिबार
image/svg+xml
खेल

मिक्समान्डु र क्रिकेट एक्सिलेन्स सेन्टर क्वार्टरफाइनलमा

मिक्समान्डु र क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) मंगलबार स्युचाटार क्रिकेट लिग इन्डोर टी-टेन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

स्युचाटारस्थित तारकेश्वर क्रिकेट क्लबको इन्डोर मैदानमा मिक्समान्डुले थानकोट वारियर्सलाई १५ रनले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। ५३ रनको लक्ष्य पछ्याउने क्रममा थानकोट वारियर्सले ३७ रनमा सबै विकेट गुमायो। ‘प्लेयर अफ द म्याच’ मिक्समान्डुका नवीन यादव घोषित भए। उनले १४ रन बनाउँदै दुई विकेट पनि हात पारे।

समूह ‘डी’ बाट यसअघि नै ग्रेट हिमालय क्रिकेट एकेडेमी समूहविजेता बन्दै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ।हिमालयनले स्याङ्जा वारियर्सलाई चार विकेटले पराजित गरेको थियो।५२ रनको लक्ष्य हिमालयनले ८.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो। प्लेयर अफ द म्याच घोषित जयन्त विष्टले १७ रन बनाउँदै एक विकेट पनि लिए।

चक्रवर्ती ल कलेजलाई ५० रनले पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर समूह ‘ए’ मा अपराजित रह्यो। तीनवटै खेलमा जितका साथ क्वार्टरफाइनल पुग्ने क्रममा क्रिकेट एक्सिलेन्स सेन्टरका राज बमले १४ रन बनाए। उनले बलिङमा पनि तीन विकेट लिएका थिए। ८७ रनको लक्ष्य पछ्याउने क्रममा चक्रवर्तीले सबै विकेट गुमाएर ३६ रन मात्रै बनायो।

अन्य खेलमा टिम बिडिएसले स्याङ्जा एभेन्जर्सलाई चार विकेट, तारकेश्वर युथ क्लबले हसनटार युथ क्लबलाई ११ रन र थानकोट वारियर्सले पाञ्चायन युथ क्लबलाई सात विकेटले पराजित गरे।

पाँचौ दिनको समाप्तिसँगै समूह ‘ए’ बाट क्रिकेट एक्सिलेन्स सेन्टर, समूह ‘बी’ बाट किङ्स क्रिकेट एकेडेमी र स्टुडियो सेभेन, समूह ‘सी’ बाट टिम बिडिएस, समूह ‘डी’ बाट ग्रेट हिमालय क्रिकेट एकेडेमी र मिक्समान्डु क्वार्टरफाइनल प्रवेश गरेका छन्।  

प्रकाशित: १७ पुस २०८१ १०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App