२७ चैत्र २०८१ बुधबार
image/svg+xml १७:५८ अपराह्न
खेल

यू-१८ युथ लिग : एपीएफविरुद्ध थ्रीस्टारको सहज जित

ललित मेमोरियल एन्फा यू-१८ युथ लिगको पछिल्लो खेलमा थ्रीस्टार क्लब विजयी भएको छ।  

मंगलबार सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा थ्रीस्टारले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २-० गोलले पराजित गरेको हो।  

थ्रीस्टारको जितमा कालीबहादुर थापा र विजय उरावले गोल गरे। दुवै गोल दुवै हाफको अतिरिक्त समयमा सम्भव भएको थियो।

लिगमा अहिले नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेडबीच खेल भइरहेको छ।

प्रकाशित: ९ पुस २०८१ १३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App