६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

एनपिएल फाइनलः ‘स्लग ओभर’मा धर्मरायो सुदूरपश्चिम, जनकपुरलाई १८५ रनको चुनौती

‘स्लग ओभर’ ओभरमा ब्याटरहरू एकपछि अर्को गर्दै आउट भएपछि नेपाल प्रिमियर लिग(एनपिएल)को फाइनलमा सुदूरपश्चिम रोयल्स नौ विकेटको क्षतिमा १८४ रनमा रोकिएको छ । यो सँगै जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्राप्त गरेको छ ।  

सुरुवातमा निकै आक्रामक र सुदृढ प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स २०० रनभन्दा माथि पुग्नसक्ने देखिएको थियो । तर अन्तिम ओभरतिर जनकपुर बोल्ट्सका बलरले ‘कमब्याक’ गर्दै कठिन स्कोर बनाउनबाट सुदूरपश्चिमलाई रोकेका छन् ।  

यद्यपी जनकपुरलाई १८५ रनको लक्ष्य पनि निकै चुनौतीपूर्ण हुने छ ।  

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले ११७ रनको शतकीय साझेदारी गर्दै सुदृढ सुरुवात दिएका थिए । जसमा जैबले ४३ बलमा ६९ रन बनाए । जसमा ८ चौका र २ छक्का सामेल छन् । यस्तै विनोदले ३१ बलमा ४१ रनको योगदान दिने क्रममा तीन छक्का र एक चौका प्रहार गरे ।  

उनीहरू आउट भएपछि भने कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । धमाधम आउट हुँदै गए ।  

सुरुमा चुकेका जनकपुरका बलरले स्लग ओभरमा खेलमा फर्कने क्रममा किशोर महतो र मोहम्मद मोहसिनले ३/३ विकेट लिए । यस्तै जिम्मी निसम र ललित राजवंशीले एक/एक विकेट लिए ।  

प्रकाशित: ६ पुस २०८१ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App