६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

एनपिएल फाइनलः पावरप्लेमा दुई ओभर ‘मेडन’, सुदूरपश्चिमले जोड्यो ४८ रन

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गत फाइनल खेलमा पावरप्लेमा सुदूरपश्चिम रोयल्सले विकेट नगुमाएर ४८ रन जोडेको छ । टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिम सुरुदेखि नै आक्रामक देखिएको थियो ।  

त्यसपछि जनकपुर बोल्ट्सले उत्कृष्ट ‘कमब्याक’ गर्यो ।  सुरुका तीन ओभरमा ३२ रन खर्चिएका जनकपुरका बलरले त्यसपछिका लगातार दुई ओभर मेडन फाल्दै सुदूरपश्चिम रोयल्सका ब्याटरलाई बाँधेर राखेका थिए । जसमा चौथो ओभर हर्ष  ठाकर र पाँचौ ओभर ललित राजवंशीले मेडन फालेका हुन् ।

पावरप्लेको अन्तिम ओभरमा सुदूरपश्चिमका ब्याटरले १६ रन जोडे ।  

प्रकाशित: ६ पुस २०८१ १२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App