अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट बराबरीमा सकिएको छ । योसँगै ५ खेलको शृंखरा १-१ को बराबरीमा कायम छ ।
ब्रिसबेनमा पाँचौ तथा अन्तिम दिन २७५ रनको लक्ष्य पछ्याएको भारतले बिना क्षति ८ रन बनाउँदा भारी वर्षा भएपछि खेल बराबरीमा सकिएको हो ।
यसअघि ९ विकेटको क्षतिमा २५२ रनबाट पाँचौं दिनको खेल थालेको भारत २६० रनमा अलआउट भएको थियो ।
अस्ट्रेलियाले पनि अन्तिम दिन ७ विकेटको क्षतिमा ८९ रनमा दोस्रो इनिङ्स डिक्लियर गरेपछि भारतले २७५ रनको लक्ष्य पाएको थियो ।
अस्ट्रेलियाले पहिलो इनिङ्समा ४४५ रन बनाएको थियो ।
चौथो टेस्ट २६ डिसेम्बरमा मेलबर्नमा सुरु हुनेछ ।
यो पनि पढ्नुहोस्
भारतीय स्पिनर अश्विनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणाप्रकाशित: ३ पुस २०८१ १३:१९ बुधबार