३ पुस २०८१ बुधबार
image/svg+xml
खेल

भारतीय क्रिकेटर आश्विनले लिए सन्यास

भारतीय क्रिकेट टोलीका प्रमुख अफ स्पिनर रविचन्द्रन आश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। 

बुधबार अस्ट्रेलियाविरुद्धको टेष्ट खेल बराबरी भएपछि उनले भारतीय क्रिकेट टोलीसँगको यो अन्तिम दिन भएको बताए। खेलपछि आश्विनले कप्तान रोहित शर्मा र अन्य टोलीका सदस्यसँग पत्रकार सम्मेलनमा उपस्थित भएर आफ्नो सन्यासको निर्णय सार्वजनिक गरेका हुन्। 

३८ वर्षीय आश्विनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय क्रिकेटरको रूपमा यो मेरो अन्तिम दिन हो। म सबै फर्म्याटबाट सन्यास लिँदैछु।’ आश्विनले थपे, ‘मैले आफ्नो खेल जीवनमा धेरै रमाइलो गरें। यससँग धेरै गजबका सम्झनाहरू जोडिएका छन्। मलाई रोहित शर्मा र उनका साथीहरूसँग बिताएका पलहरू याद छ।’ 

आश्विनले एक सय छ खेल खेल्दै पाँच सय ३७ विकेट लिएका छन्। ब्याटिङमा पनि उनले ६ शतक र १४ अर्धशतक बनाएका छन्। 

प्रकाशित: ३ पुस २०८१ १२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App