४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

सुपर ओभरमा पोखरा विजयी

नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ।

बिहीबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलको सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनरले ६ बलमा पाँच रनमात्र बनाउन सक्यो।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको पोखराले ६ बलमा १८ रन बनाएको थियो। सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन बनाए। सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए। सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे। तेस्रो बल सन्दीपले डट फ्याके पनि चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे। पाँचौँ बलमा रेफरले एक रन लिए। छैटौँ बल गौसले एक रन बनाए।

जवाफी ब्याटिङमा विराटनगरका मार्टिन गप्टिलले पहिलो बलमा एक रन लिए। दोस्रो बलमा विराटनगरका निकोलस किर्टोनले पनि एक रन नै लिए। तेस्रो बलमा गप्टिलले पुनः एक रन नै लिए। पोखराबाट बलिङमा रेमोन रेफरले गरेका थिए। चौथो बल रेफरले डट फ्याँके। पाँचौँ बलमा किर्टोनले एक रन लिए। अन्तिम बलमा जितका निम्ति १५ रन आवश्यक हुँदा रेफरले वाइड फ्याके। पुनः अन्तिम बल रेफरले डट राखेपछि पोखराले सुपर ओभरमा १३ रनको जित निकालेको हो।

त्यसअघि, टस जितेर ब्याटिङमा आएको विराटनगरले पहिलो इनिङको निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो। १४० रनको लक्ष्यसहित मैदान उत्रिएको पोखराले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो।

प्रकाशित: २७ मंसिर २०८१ १२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App