१३ पुस २०८१ शनिबार
image/svg+xml
खेल

सूर्य नेपाल काठमाडौं ओपन : दोस्रो दिन विष्णुलाई एकस्ट्रोकको अग्रता

सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन विष्णुप्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्।  रोयल नेपाल गल्फ क्लबमा आज ४–अन्डर ६४ सहित समग्रमा ७–अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले डिफेन्डिङ च्याम्पियन निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। ३–अन्डर ६५ स्कोर गरेका निरज समग्रमा ६–अन्डर १३० सहित दोस्रो स्थानमा रहेका छन्।

एमेच्योर सदभाव आचार्यले ३–अन्डर ६५ को कार्ड तयार पार्दा समग्रमा ५–अन्डर १३१ सहित तेस्रो स्थानमा उक्लिएका छन। दिनेश प्रजापतिले दिनकै उत्कृष्ट स्कोर कार्ड बनाए। उनले ५–अन्डर ६३ को स्कोर जोड्दा समग्रमा ४–अन्डर १३२ सहित चौथो स्थानमा उक्लिए।

पहिलो दिनका लिडर जयराम श्रेष्ठले २–ओभर ७० को खराब प्रदर्शन गर्दा समग्रमा २–अन्डर १३४ सहित पाँचौं स्थानमा तल  झरेका छन। एमेच्योर राहुल विके र भेट्रान प्रोदीपक मगर समग्रमा १–अन्डर १३५ सहित संयुक्तरुपमा छैटौं स्थानमा  रहेका छन्। राहुलले ३–अन्डर ६५ र दीपकले १–अन्डर ६७ स्कोर गरे।

समग्रमा १–ओभर १३७ सहित धन बहादुर थापा र नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले संयुक्तरुपमा आठौं स्थान बाँडे। धनले ४–अन्डर ६४ र भुवनले ३–अन्डर ६५ मा दोस्रो दिनको खेल सकाए। यसैगरी रवि खड्का र प्रदीप कुमार लामा समग्रमा २–ओभर १३८ सहित संयुक्तरुपमा १०औं स्थानमा रहे। रविले इभन–पार ६८ र प्रदीपले २–ओभर ७० माआजको खेल सकाए।

शीर्षस्थानमा उक्लने क्रममा विष्णुले सानदार प्रदर्शन गर्दै फ्रन्ट  नाइनमा ५–अन्डर २९ को स्कोर बनाए। उनले पहिलो, दोस्रो र सातौं होलमा बर्डी प्रहार गर्दा ५–पारको चौथो होलमाइगलको सफलता प्राप्त गरे। यसपछि १०औं होलको बोगीले ब्याक नाइन १–ओभर ३५ मा सकाए।

डिफेन्डिङ च्याम्पियन निरजले पहिलो होलमा इगल प्रहार गर्दै दिनको सुरूवात गरे। दोस्रो र छैटौं होलमा एक–एक सटखेर फाले। पाँचौं होलको बर्डीले फ्रन्ट नाइन १–अन्डर ३३ मापुरा गरे। यसपछि १०औं होलमा बोगीको सामना गरे। १३औं होलमा इगल प्रहार गर्दा १७औं होलमा एक सट बचाए । उनले ब्याक नाइन २–अन्डर ३२ मा पुरा गरे।

नेपाल नम्बर एक एमेच्योर गल्फर सदभावले फ्रन्ट नाइन २–अन्डर ३२ र ब्याक नाइन १–अन्डर ३३ मा सकाए। उनले पहिलो, चौथो, पाँचौं, आठौं र सत्रौं होलमा गरी कुल ५ बर्डी प्रहार गरे। दोस्रो र सातौं होलमा एक–एक सट खेर फाले। यो स्कोरमा सदभाव एमेच्योरतर्फ शीर्षस्थानमा रहेका छन्। उनले राहुल विकेलाई चार स्ट्रोकले पछि पारेका छन।

दिनको उत्कृष्ट स्कोर कार्ड निकाल्ने क्रममा दिनेशले बोगीरहित खेले। फ्रन्ट नाइनमा ४–अन्डर ३० र ब्याक नाइनमा१–अन्डर ३३ को स्कोर निकाले। पहिलो, दोस्रो, चौथो,  आठौं र दशौं होलमा बर्डीको सफलता प्राप्त गरे।

३८ होलको समाप्तीमा १३–ओभर १४९ सम्म स्कोर गर्ने २२ प्रोर ६ एमेच्योर गल्फरले कट बनाएका छन। प्रोतर्फ रामे मगर, वसन्त राज गुरूङ, तोरण विक्रम शाही, रमेश अधिकारी, सञ्जय लामा, राजेन्द्र श्रेष्ठ प्रधान, किशन कालीराज सुनार, बलभद्र राई, भुवन कुमार रोक्का, टंक बहादुर कार्की, सूर्यप्रसाद शर्मा, शिवराम पौडेल र भीमसेन चौलागाईले कट बनाए। एमेच्योरतर्फ बलराम पौडेल, कवि थापा, हरि बहादुर थापा र ज्ञान बहादुर ढेंगेले अन्तिम ३६ होलको लागि स्थान बनाएका छन्।

कुल  ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि प्रतिस्पर्धा गरिरहेका छन्। विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन। साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन।

प्रकाशित: २६ मंसिर २०८१ १९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App