एनपिएलमा लुम्बिनी लायन्सले लगातार तेस्रो हार व्यहोरेको छ। शनिबार (आज)को खेलमा सुदूरपश्चिम ४५ रनले विजयी भएको हाे।
सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्स सामू जितका लागि एक सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङमा उत्रेको लुम्बनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्रै बनाउन सक्यो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८७ रन बनाएको थियो। सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो।
प्रकाशित: २२ मंसिर २०८१ १२:३३ शनिबार