२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

एसियन प्यासिफिक करातेमा नेपालले जित्यो ९ पदक

.

सिंगापुरमा सञ्चालन भएको १६ औं एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण, २ रजत र ५ कांस्य गरि कुल ९ पदक जितेको छ।

नेपालको लागि सिनियर महिला तर्फ ६८ किलो तौल भन्दा माथि समूहमा १९ औं एसियन गेम्सकी रजत पदक विजेता एरिका गुरुङले नेपाललाई स्वर्ण पदक दिलाइन्। त्यसैगरि महिला तर्फकै –५० किलो तौल समूहमा अन्जली महर्जनले नेपाललाई स्वर्ण पदक दिलाइन।

एलिशा रासकोटी मगर, टपी थापा र मेघा लिम्बुले महिला तर्फको टिमकाता र निरुपा दोङ तामाङ्गले सिनियर महिलाको -५५ किलो तौल समूहमा रजत पदक दिलाउन सफल भइन।

त्यसैगरि सिनियर महिला एकल कातामा एलिशा रासकोटी मगर, महिला जुनियर तर्फ–४५ किलो तौल समूहमा पोरसिया चौधरी, महिलाकै–६८ किलो तौल समूहमा आशिका राई, पुरुष तर्फको १६ वर्ष मुनि एकल कातामा रेहान जावेद र सिनियर पुरुष तर्फ–८४ किलो तौल समूहमा मोहम्मद शेखु आलमले नेपाललाई कांस्य पदक दिलाए।

नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग हेड अफ डेलिगेटस विशेष नेतृत्व र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाको समग्र नेतृत्वमा नेपाली १२ खेलाडी, टिम म्यानेजर, रेफ्री,अफिशियल गरि कुल ३० जना एसियन प्यासिफिक सितोरियो करातेमा सहभागी भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ ले जानकारी गराए।

यसै गरी आइतबार एसियन प्यासिफिक सितोरियो करातेको विशेष अधिवेशन (कङग्रेश) मा नेपालको तर्फबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष दावा गुरुङ्ग र सितोरियो करातेका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले सहभागी जनाउने छन्। नेपाली कराते टोली सोमबार स्वदेश फर्कनेछ।

प्रकाशित: १५ मंसिर २०८१ २०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App