४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

दृष्टिविहीनहरुको पुरुष टी-२० विश्वकप क्रिकेट: नेपालको लगातार दोस्रो जित

दृष्टिविहीनहरुको पुरुष टी-२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ।

अघिल्ला दुई खेलमा लगातार हार भोगेको नेपालले मंगलबार साउथ अफ्रिकालाई ११ रनले पराजित गरेको हो। यसअघि उसले अफगानिस्तानलाई १०८ रनले हराएको थियो।

पाकिस्तानमा जारी विश्वकपमा नेपालले दिएको १९९ रनको लक्ष्य पछ्पाएको साउथ अफ्रिकाले निर्धारित ओभरमा २ विकेट गुमाएर १८७ रनमात्र बनाउन सक्यो। उसका लागि भुले भिडलाले नटआउट एक सय रन बनाए।

यसअघि पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा चार विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका लागि नरेश चौधरीले ८० र सागर लामाले ४० रन जोडे।

नेपालले आफ्नो पाँचौ खेलमा बुधबार आयोजक पाकिस्तानसँग खेल्नेछ। प्रतियोगिताबाट भारतले नाम फिर्ता लिएपछि नेपाल स्वतः विजेता बनेको छ।

नेपाल आप्नो पहिलो खेलमा श्रीलंकासँग ७० रन र दोस्रो खेलमा बंगलादेशसँग ६७ रनले पराजित भएको थियो।

प्रकाशित: ११ मंसिर २०८१ १८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App