५ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

भारतसँग आफ्नै मैदानमा दक्षिण अफ्रिका पराजित

चौथो टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई घरेलु मैदानमा १३५ रनले पराजित गरेको छ। योसँगै भारतीय टोलीले सिरिज ३–१ ले जितेको छ।

जोहानेसबर्गको वान्डरर्स रंगशालामा टस जितेर ब्याटिङ रोजेको भारतले एक विकेट गुमाएर २८४ रनको लक्ष्य दिएको थियो। भारतका लागि सञ्जु सामसन र तिलक वर्माले शतक प्रहार गरे। 

सामसनले ५६ बलमा १०९ रन र तिलक वर्माले ४७ बलमा १२० रन बनाए। २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १० रनमा ४ विकेट गुमाएको थियो।

ट्रिस्टन स्टब्स र डेभिड मिलरले इनिङ्सलाई सम्हाल्ने प्रयास गरे पनि टोली १८.२ ओभरमा १४८ रन बनाएर अलआउट भयो। १३५ रनको हार दक्षिण अफ्रिकाको टी–२० मा सबैभन्दा ठूलो हार हो।

४७ बलमा ९ चौका र १० छक्का प्रहार गर्दै १२० रन बनाएका तिलक प्लेयर अफ द म्याच र प्लेयर अफ द सिरिज जित्न सफल भएका छन्।

प्रकाशित: १ मंसिर २०८१ ०६:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App