२३ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

ईन्टर कलेज ई स्पोर्ट्स पुसमा हुने

ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा ईन्टर कलेज ई स्पोर्ट्स च्याम्पियनसिप पुस २६ र २७ गते आयोजना हुने भएको छ।

संघको वार्षिक क्यालेन्डर अनुसार कलेज स्तरको प्रतियोगिता पुसको अन्तिम काठमाडौंको बसुन्धारास्थित साउथ वेस्टन कलेजमा हुने पक्का भएको हो।

प्रतियोगितामा पब्जी मोबाईल, एमएलबीबी, ई फुटबल र फ्रि–फायर गरी चार विधालाई समावेश गरिएको छ।

करिब ५ लाख पुरस्कार राशी रहने प्रतियोगितामा देशभरका कलेजका विद्यार्थीले सहभागीता जनाउन सक्नेछन्। चार खेल विधाका विजेता टिम तथा खेलाडीलाई ५ लाख रुपैयाँको पुरस्कार रकम बाँडिनेछ। ईशानको वेब साईटमा गएर खेलाडीले प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्नेछन्। खेलाडी दर्ता मंसिर २ गतेदेखि मंसिर ३० गतेसम्म चल्नेछ। छनोट खेल अनलाईनमार्फत र फाइनल खेल ल्यान ईभेन्टको रुपमा पुस २६ र २७ गते सञ्चालन गरिने तालिका रहेको छ।

प्रतियोगितामा देशभरका कलेजबाट सहभागीता जनाउने सक्ने आयोजक ईशानका सचिव आशिष दाहालले बताए । सम्बन्धित कलेजको सिफारिस पत्रका आधारमा खेलाडीले प्रतियोगितामा नाम दर्ता गर्न सक्नेछन्। खेलाडीको सिफारिससँगै सहभागी हुने सम्बन्धित कलेजले ईशानको ई स्पोर्ट्स क्लबमा आबद्धताका लागि पत्र समेत दिनुपर्नेछ। खेलाडीको ग्रासरुट मानिने विद्यालय कलेजमा ई स्पोर्ट्स क्लब गठन गरेर सम्बन्धित खेल र खेलाडीको विकासमा तल्लो तहबाट काम गर्ने उद्धेश्यले सबै कलेजमा ई स्पोर्ट्स क्लब बनाउन लागिएको दाहालले बताएका छन्।

प्रकाशित: ३० कार्तिक २०८१ २१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App