११ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

तिलक वर्माको सानदार ब्याटिङ्गमा साउथ अफ्रिकामाथि भारतको जित

साउथ अफ्रिकाविरुद्धको तेस्रो टी–२० खेल भारतले जितेको छ। 

साउथ अफ्रिकाको सेन्चुरियनको सुपरस्पोर्ट पार्कमा गयराति सम्पन्न खेलमा भारतले साउथ अफ्रिकालाई ११ रनले हराउँदै जित हात पारेको हो।

भारतले दिएको २२० रनको लक्ष्यसहित मैदान उत्रेको साउथ अफ्रिकाले निर्धारित ओभर खेल्दै ७ विकेट गुमाएर २०८ रन मात्रै बनाउन सक्यो। साउथ अफ्रिकालाई जितबाट रोक्न भारतका तीव्र गतिका बलर अर्शदीप सिंहले ३७ रन खर्चेर ३ विकेट लिए भने वरुण चक्रवर्तीले २ विकेट हात पारे।

हार्दिक पाण्ड्या र अक्षर पटेलले समान १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो।

भारतको जितका लागि तिलक वर्माले मात्र ५६ बलमा सर्वाधिक १०७ रन बनाए। त्यस्तै अभिशेक शर्माले ५० रन जोडे।

जितसँगै ४ खेलको सिरिजमा भारत २–१ ले अघि रहेको छ। सिरिज अन्तर्गतको अन्तिम खेल भोलि हुनेछ।

प्रकाशित: २९ कार्तिक २०८१ ०६:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App