एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को २४ औं वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी भियतनामको हनोई प्रस्थान गरेका छन्। नेपालबाट एम्सको पहिलो सदस्य नेपालगन्ज म्याराथन वर्ल्ड कंग्रेसमा भाग लिने पहिलो हो।
यसअघि २०२२ मा जापानको ओसाकामा भएको २३ औं वर्ल्ड कंग्रेसमा पनि ठकुरीले नै सहभागी भएका थिए। नेपालगन्ज म्याराथन पछिल्लो समय सक्रियताका साथ दौड संस्कृतिको प्रवर्द्धनमा लागिरहेको छ।
नेपालगन्ज म्याराथनले कर्णाली हाफ म्याराथन, नेपालगन्ज १० किलोमिटर नाइट रन, गौघाट ग्रीन रन, राप्तीसोनारी नेचर रन सुरु गरिसकेको छ । अन्य ठाउँमा पनि गर्ने तयारी गरिरहेको छ।
नेपालगन्ज म्याराथनको दशौं संस्करण यही मंसिर २२ गते हुँदैछ ।
प्रकाशित: २८ कार्तिक २०८१ १३:४२ बुधबार