२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

यु–९ गर्ल्सतर्फ निम्ति च्याम्पियन

टेनिसमा प्रतिस्पर्धा गर्दै आयुशी जिसी। तस्बिरः राखेप।

ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिताको यु–९ गर्ल्स सिंगल्सतर्फ निम्ति कुँवर च्याम्पियन बनेकी छन्।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको फाइनलमा सोमबार निम्तिले अमिरा गुप्तालाई सोझो सेटमा पराजित गरेकी हुन्। यु–८ सिंगल्सको फाइनलमा भने अमिराले निम्तिलाई हराएकी थिइन्। त्यसको बदला लिने क्रममा उनले सुरुदेखि नै बलियो प्रदर्शन गरिन् र खेल ४–२ र ४–० ले आफ्नो पक्षमा पारिन्। 

यु–९ बोइज सिंगल्समा साहन्स बस्न्यातले भिरल अग्रवाललाई ५–३, ३–५ र ९–७ ले हराए। यससँगै उनी उपाधिनजिक पुगेका छन्। अर्को सेमिफाइनलमा कायान चालिसेले आहान केडियालाई ४–० र ४–१ ले पाखा लगाउँदै साहन्ससँगको भेट पक्का गरिन्।

बागमती प्रदेश टेनिस संघद्वारा आयोजित प्रतियोगिताको यु–१४ बोइज सिंगल्समा ब्रिजेश अर्याल र असभसम्राट हाडा फाइनलमा भिड्ने भएका छन्।

ब्रिजेशले विश्व डल्लाकोटीलाई ७–६ र ६–१ ले पराजित गरे। यस्तै, असभले साङ्गे रोकायालाई ६–४ र ६–४ को सोझो सेटमा पाखा लगाए। सो स्पर्धाको गर्ल्समा शिभाली गुरुङले आयुशा जिसीलाई ६–० र ६–० ले हराइन्। अर्काे खेलमा स्वस्तिका विष्टले कर्मिष्ठा श्रेष्ठलाई ६–४ र ६–० ले पन्छाउँदै फाइनलमा स्थान सुरक्षित गरिन्।

यु–१० बोइज सिंगल्समा सभ्यजंग कार्कीले सहान्स बस्न्यातलाई ६–४ र ६–० तथा भिरल अग्रवाल अविर केडियालाई ६–० र ६–४ को सोझो सेटमा पन्छाउँदै उपाधिनजिक पुगे। सो स्पर्धाको गर्ल्सतर्फ सरा पन्तले टभिसी राणालाई ६–२ र ६–० तथा नाइरा घलेले सुहानी जजोडियालाई ६–२ र ६–१ ले निराश पारिन्।

यु–१२ ब्वाइज सिंगल्समा सुजन कुइँकेलले वेदान्त चालिसेलाई ६–४, ४–६ र ६–४ ले हराए। अर्काे खेलमा विश्व डल्लाकोटीले आरित मल्ललाई ६–२ र ६–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाए। उक्त स्पर्धाको गर्ल्स आयुशा जिसीले स्वरा थापालाई ६–२ र ६–१ तथा सरा पन्तले अनुश्री ध्वजुलाई ६–४ र ६–१ ले हराउँदै उपाधिनजिक पुगिन्।

प्रकाशित: २७ कार्तिक २०८१ ०७:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App