१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

महिला यू १९ टी २० विश्वकपको एसिया छनोटः थाइल्यान्डविरुद्ध नेपालले १०२ रन बनायो

यूएईमा जारी महिला यू १९ टी२० विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध १०२ रन बनाएको छ।

यस अघि थाइल्यान्डले टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्न लगाएपछि नेपालले निर्धारित २०ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको हो।

नेपालका लागि कप्तान पुजा महतोले सबै भन्दा वढि ३५, सोनी पाख्रिन र सिमाना केसीले समान १९ रन बनाए । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन्।

कात्तिक २९ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली यूएई, कुवेत र थाइल्याण्डको सहभागिता रहेको छ।

नेपालले दोस्रो खेल कार्तिक २२ गते कुवेतसॅंग, कार्तिक २४ गते घरेलु टोलीसॅंग खेल्नेछ।नेपालले कार्तिक २५ गते थाइल्यान्ड, कार्तिक २७ गते कुवेतसॅंग र आफ्नो अन्तिम खेलमा कार्तिक २८ गते यूएईसॅंग खेल्नेछ।

४ टोली सहभागी प्रतियोगिताको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ।विश्वकप अर्को वर्ष मलेसियामा हुनेछ।

प्रकाशित: २१ कार्तिक २०८१ १७:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App