१४ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

सुनको मूल्यमा गिरावट : एकैदिन चार हजार ६ सयले घट्यो

स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट देखिएको छ। सुन तोलामा चार हजार ६०० ले घटेको छ भने चाँदी पनि १५० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ६७० कायम भएको छ।

हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो।

गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९२० कायम भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: १३ चैत्र २०८२ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App