१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि

शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङसाङले गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जितेका छन्। यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि जितेको हो ।  

विजेताले दुबईको चार वटा राउन्ड टिकेट, कलअवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन् । यस्तै मुस्तांग ग्लफ क्लबबाट इन्द्रधरा बिष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डर पार ३० को स्कोरसहित दोस्रो स्थान बनाए । उपविजेताले कलअवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन् ।

लिओन मोटर्सका विजय श्रेष्ठ इनहाउस र फुर्सांगले तेस्रो स्थान बनाए भने उनीहरुले कलअवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे । व्यक्तिगततर्फ विजय श्रेष्ठ इनहाउसले लंगेस्ट ड्राइभतर्फ रेन्जफाइन्डर र गिफ्टह्याम्पर प्राप्त गरेका छन् । यस्तै प्रबिन शाही ठकुरीले क्लोजेस्ट टु दि पिन अर्वाडसँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे ।

प्रतियोगितामा कुल ५५ टिमको सहभागित थियाये । जसमा स्ट्रोक प्ले, फोरबल बेटर बल फर्मेट थियो ।  एनसेलले आयोजना गरेको यो प्रतियोगिता यतिमात्रै सिमित नभएर कम्पनीले एनसेल फाउन्डेसनमार्फत ३० लाख रुपैयाँ परोपकारी क्षेत्रमा दान गरेको छ । हरेक टिमको इन्ट्रि शुल्कलाई एनसेलले यसका लागि संकलन गरेको थियो ।  

विजेतालाई एनसेलका सीईओ एवं प्रबन्ध निर्देशक जाब्बोर कायोमुभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रकाशित: १२ कार्तिक २०८१ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App