१२ कार्तिक २०८१ सोमबार
image/svg+xml
खेल

अन्ततः सुरु भयो नेपाल र भारतबीचको खेल, सावित्राले फर्काइन् सानदार गोल

<br>

.

साफ वुमन्स च्याम्पियनसिपमा नेपाल र भारतबीचको तनावपूर्ण सेमिफाइनल खेल अन्ततः पुनः सुरु भएको छ। खेल सुरु भएलगत्तै नेपाली स्टार खेलाडी सावित्रा भण्डारीले गोल गर्दै खेललाई १-१ को बराबरीमा पुर्‍याइन्।

खेलमा यसअघि ६४औं मिनेटबाट भारतको १–० अग्रता कायम भएको थियो। भारतले गोल गरेलगत्तै नेपाली खेलाडी प्रिती राईले भारतीय पोस्टमा जवाफी गोल गरेकी थिइन्।

तर, भारतीय खेलाडीहरू गोलको खुसी मनाइरहेको अवस्थामा रेफ्रीले प्रितीको गोललाई मान्यता नदिँदा विवाद उत्पन्न भयो। यो विवादकै कारण नेपालले खेल नखेल्ने अडान लिँदा खेल १ घण्टा ६ मिनेटसम्म अवरुद्ध भएको थियो। 

अवस्था सामान्य भएसँगै पुनः सुरु भएको खेल अहिले १-१ को स्थितिमा छ। जहाँ दुवै टोली उपाधि दाबीका लागि प्रतिस्पर्धा गरिरहेका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ २१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App