६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

दौडमा आर्मीको दबदबा

जैविक विविधताको संरक्षणमा सचेतनाका लागि चितवनमा आयोजना गरिएको दौड प्रतियोगितामा नेपाल आर्मी प्रथम भएको छ ।

रोटरी क्लब अफ चितवनले शुक्रबार आयोजना गरेको कसरा चोकदेखि मेघौली विमानस्थलसम्मको १४ किलोमिटरको दौडमा महिला र पुरुषतर्फ आर्मी नै प्रथम भएको हो।पुरुषतर्फ आर्मीका सञ्जय श्रेष्ठ प्रथम भएका छन्।

अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका श्रेष्ठले निर्धारित दूरी ४५ मिनेट १६ सेकेन्डमा पूरा गरे।एपिएफका राजेन्द्र तामाङ द्वितीय भए। उनले ४५ मिनेट १७ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।४५ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै आर्मीका रत्नबहादुर खत्री तृतीय हुन सफल भए।जुम्लाका धीरबहादुर बुढा सान्त्वना भए।उनले ४६ मिनेट ५९ सेकेन्डमा १४ किलोमिटरको दूरी पार गरेका थिए।महिलातर्फ आर्मीकै प्रजिता श्रेष्ठ प्रथम भइन्।उनले निर्धारित १४ किलोमिटरको दूरी ५६ मिनेटमा पूरा गरिन् ।

एपिएफकी फूलमती राना द्वितीय, आशा रावत तृतीय हुँदा आर्मीकी राज्यलक्ष्मी रावलले सान्त्वना पुरस्कार पाइन्।उनीहरूले क्रमशः ५६ मिनेट ९ सेकेन्ड, ५६ मिनेट २९ सेकेन्ड, र ५७ मिनेट ३८ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए।

पुरुष र महिलातर्फ प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले २० हजार, तृतीय हुनेले १० हजार र सान्त्वनाले पाँच हजार रूपैयाँ नगद प्राप्त गरे।जैविक विविधता र पारिस्थितिकी प्रणालीको संरक्षणमा चेतना फैलाउने, सरसफाइको विषयमा स्थानीयलाई जागरूक बनाउने उद्देश्यले ‘अन्तर्राष्ट्रिय हेरिटेज दौड’ को आयोजना गरिएको हो।

प्रतियोगिताका विजेतालाई पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले पुरस्कृत गरे।म्याराथनमा पाँच सय जनाको हाराहारीमा सहभागिता रहेको थियो ।

प्रकाशित: १० कार्तिक २०८१ ११:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App