१० कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

भक्तपुर नगरव्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगर व्यापी विद्यालय स्तरीय खेलकुद प्रतियोगिता भक्तपुरमा सुरु भएको छ। भक्तपुर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिता कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने जनाइयो। प्रतियोगिता अन्तर्गत टेबुल टेनिस, भलिबल, फुटसल, कबड्डी, खो-खो, एथ्लेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्डो, पोर्टबल, जिम्नास्टिक, कसिमला पाँय र बाघचाल खेल हुने जनाइयो।

प्रतियोगिता उद्घाटन अघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट र्‍याली सुरु भएको थियो। र्‍याली नगरको गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, दूधपाटी हुँदै नगर परिक्रमा गरी सहिद स्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो। प्रतियोगिताको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले गरेका थिए। 

प्रकाशित: ९ कार्तिक २०८१ १८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App