४ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

महिला टी–२० विश्व कप: उपाधिका लागि साउथ अफ्रिका र न्यूजिल्यान्ड भिड्दै

आईसिसी महिला टी–२० विश्व कपको उपाधिका लागि आज साउथ अफ्रिका र न्यूजिल्यान्डबीच भिडन्त हुँदैछ।

दुबई इन्टरनेशनल क्रिकेट मैदानमा हुने आजको उपाधि भिडन्त साँझ ७ः ४५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा जित्ने टोलीले पहिलोपटक महिला टी–२० विश्व कपको उपाधि उचाल्ने छ।

एकपटक मात्रै फाइनलमा पुगेको साउथ अफ्रिका साविक उपविजेता हो भने २ पटक फाइनलमा पुगेको न्यूजिल्यान्ड पनि उपविजेतामै सिमित रहेको छ।

साउथ अफ्रिकाले हालसम्म पुरुष र महिलातर्फ क्रिकेटको कुनैपनि फ्रम्याटमा विश्वकप जितेको छैन भने न्यूजिल्यान्डले पुरुष तर्फको एकपटक टेस्ट च्याम्पियनसिपको उपाधि उचालेको छ।

प्रकाशित: ४ कार्तिक २०८१ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App