२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

पाटन प्रिमियर लिग : कुलगडे क्लब विजयी

बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगअन्तर्गत शुक्रबार भएको खेलमा कुलगडे क्रिकेट क्लब विजयी भएको छ। कुलगडेले रिभर साइड युवा क्लबलाई ६ विकेटले पराजित गरेको हो।

रिभर साइडले दिएको एक सय ५९ रनको लक्ष्य कुलगडेले १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा भेट्टायो। उसका लागि पङ्कज लुहारले ४७ रनको योगदान दिए। त्यसअघि  पाटनस्थित श्रीकृष्ण माविको खेलमैदानमा पहिला ब्याटिङ गरेको रिभर साइडले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ५८ रन बनायो । उसका लागि आयुष विष्टले सर्वाधिक ३८ रन बनाए।

बलिङतर्फ कुलगडेका लागि पङ्कज लुहार र राजेन्द्र ठगुन्नाले दुई दुई विकेट लिए। पङ्कज खेलको म्यान अफ दी म्याच घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए।

पाटन क्रिकेट क्लबको आयोजनामा गत असोज ३० गतेदेखि सुरु भएको सो प्रतियोगितामा १७ टोली सहभागी छन् । प्रतियोगिताको विजेतालाई एक लाख २३ हजार चार सय ५६ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताए।

दोस्रो हुने टोलीले ५६ हजार सात सय ८९ प्राप्त गर्नेछ। म्यान अफ दी सिरजलाई  १२ हजार तीन सय ४५ तथा उत्कृष्ट बलर र ब्याटरलाई  ६ हजार सात सय ८९ प्रदान गरिने छ । यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिगको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग, दोस्रो संस्करणको उपाधि भीमदत्त बहुप्राविधिक शिक्षालय र तेस्रो संस्करणको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

प्रकाशित: २ कार्तिक २०८१ १९:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App