२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

अमेरिकाले दियो सन्दीपलाई भिसा, शुक्रबार राति उड्ने

आईसीसी लिग- टू खेल्न लेग स्पिनर सन्दीप लामिछाने शुक्रबार राति अमेरिका जाने भएका छन्। 

टी-२० विश्वकप क्रिकेटअन्तर्गत अमेरिकामा भएका खेल खेल्न जान नपाएका उनलाई लिग- टू क्रिकेट खेल्न जान भने अमेरिकाले भिसा दिएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी दिए । लामिछाने शुक्रबार राति नै अमेरिका उड्ने भएका हुन् ।  

आईसीसी लिग- २ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको सिरिज यही अक्टोबर २५ देखि नोभेम्बर ४ सम्म अमेरिकामा सञ्चालन हुँदैछ। 

नेपालले सो अघि अहिले अमेरिकासँग तीन खेलको टी- २० सिरिज खेलिरहेको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो । क्यानका अनुसार, सन्दीप आइतबार बिहान हुने सिरिजको दोस्रो खेलमा सहभागी हुनेछन् ।

प्रकाशित: २ कार्तिक २०८१ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App