२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
खेल

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपालको सय रन

अमेरिकाविरुद्धको पहिलो टी–२० खेलमा नेपालले सय रन पूरा गरेको छ। अमेरिकाको डल्लासमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको नेपालले १५ ओभरको खेल सकाउँदा ११५ रन बनाएको छ।

जारी खेलमा राम्रो सुरुआत गर्दै नेपालले ४ विकेटको क्षतिमा ११५ रन बनाएको हो।

नेपालका लागि ओपनर ब्याट्सम्यान अनिल साह र आशिफ शेखले समान २७/२७ रन जोडे भने कुशल भुर्तेल १० र गुलशन झा ११ रनमा आउट भएका छन्।

अहिले मैदानमा कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरी ब्याटिङ्ग गरिरहेका छन्।

प्रकाशित: २ कार्तिक २०८१ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App