१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
खेल

अभिषेकलाई इन्डोनेसियामा रजत

नेपालका अभिषेक बरालले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा विहीबार रजत पदक जितेका छन् । इन्डोनेसियाको जकार्तामा जारी प्रतियोगिताको पुरुष ८० केजीमुनि फाइनलमा अभिषेक आयोजक राष्ट्रका खेलाडीसँग पराजित भएपछि रजतमा सीमित भएका हुन् ।  

फाइनल यात्रा तय गर्न अभिषेकले इन्डोनेसिया, फिलिपिन्स र पाकिस्तानका खेलाडीलाई हराएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले जनाएका छन् । अध्यक्ष खड्गीका अनुसार २६ राष्ट्रको सहभागिता रहेको यो जी टू र्‍याङकिङ प्रतियोगिता हो ।.

प्रतियोगितामा अभिषेकसँगै नेपालबाट १० खेलाडी सहभागी छन् । अभिषेकसँगै ६ खेलाडी क्योरोगी तथा बाँकी ४ खेलाडी पुम्सेमा सहभागी छन् । ग्योरोगीमा अभिषेक डल्लाकोटी, सुजबकुमार यादव, भीमबहादुर खड्का, वर्षा थापा र अनिश घिसिङ पदकविहीन बने । 

पुम्सेमा यबन्दिन दाहाल, सरोज तामाङ, कुमार तामाङ र देवराज काम्छाले शुक्रबार प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोलीको प्रशिक्षकमा विकेश विडारी छन् ।

प्रकाशित: १ कार्तिक २०८१ १९:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App